मोरङमा कुखुरा फर्मभित्रै भेटियो सञ्चालकको शव, कामदार पतिपत्नी फरार

नेपालभ्युज

मोरङमा कुखुरा फर्मभित्रै भेटियो सञ्चालकको शव, कामदार पतिपत्नी फरार
प्रतीकात्मक तस्वीर ।

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्रै सञ्चालकको हत्या भएको छ । बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईँको शव कुखुरा फर्मभित्रै भेटिएको हो ।

भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बजगाईँको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ ।  शरीरका अन्य भागमा चोट देखिएको छ ।

बजगाईँको कुखुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए । घटनापछि दुईजना नै फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved