सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम (तस्वीरहरू)

नेपालभ्युज

सीता दाहालको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गीनी सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्त्री प्रचण्डसहित उनका परिवारका सदस्यहरूले दाहालको तस्वीरमा पुष्पगुच्छा एवं माल्यार्पण गरेका छन् ।

श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नी सापकोटा, पम्फा भुसाललगायत पार्टी पदाधिकारी, पार्टीका नेता, कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे ।

कार्यक्रममा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू, सरकारी कर्मचारी, नागरिक समाजका अगुवा एवं नागरिकको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रचण्डले ‘स्मृतिमा सीता दाहाल’ पुस्तक विमोचन गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी दाहाल विसं २०२८ देखि कम्युनिष्ट आन्दोलनमा लागेकी थिइन् भने विसं २०५२ देखि पार्टी प्रचण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved