आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

नेपालभ्युज

आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

तनहुँ । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो ।

ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ ।

यसैबिच तनहुँको व्यास नगरपालिका–१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न जाँदा बेपत्ता भएका ५५ वर्षीय तालबहादुर थापा अझै फेला परेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved