बढ्यो सेयर बजार, १२ उपसमूहमा हरियाली 

नेपालभ्युज

बढ्यो सेयर बजार, १२ उपसमूहमा हरियाली 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा हरियाली छाएको छ । बुधबार सेयर बजार परिसूचक २३ दशमलव २५ अंकले बढेर २१७५ दशमलव ४० को विन्दुमा पुगेको छ ।

आज ३२२ कम्पनीको ७२ हजार ७ सय १४ पटकको कारोबारमा १ करोड ५२ लाख ९६ हजार ७ सय ३९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ६६ अंकले बढेको छ । १३ उपसमूहमध्ये १२ वटा हरियाली भएको छ भने विकास बैंक १३ दशमलव २० अंकले घटेको छ । आज सर्वाधिक बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ ।

आज हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कारोबार सर्वाधिक भएको छ भने बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved