पुरुषको प्रजनन स्वास्थ्यका लागि फाइदाजनक अदुवा

नेपालभ्युज

पुरुषको प्रजनन स्वास्थ्यका लागि फाइदाजनक अदुवा

एजेन्सी । नेपाली भान्सामा अदुवाको प्रयोग एकदमै धेरै हुन्छ । अदुवा तरकारी, मसलादेखि लिएर चियामा समेत प्रयोग गरिन्छ ।

यसलाई पाउडर, जरा तथा तेलको रुपमा उपयोग गरिन्छ । अदुवाले खानामा स्वादका साथै सुगन्ध पनि बढाउँछ । त्यस्तै अदुवा औषधिय गुणले पनि भरपूर हुन्छ । त्यसैले यसको सेवन गर्नु फाइदाजनक मानिन्छ ।

अदुवा विशेषगरी पुरुषका लागि अझ बढि लाभदायक हुन्छ । अदुवाको उपयोग यौन उत्तेजना बढाउनका लागि पनि गरिन्छ । अदुवा खाँदा पुरुषको प्रजनन क्षमतामा सुधार आउँछ ।

अदुवाले शरीरमा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढाउँछ । जसले गर्दा पुरुषको यौन जीवनमा खुशियाली आउँछ । यस्तो खालको समस्या भएका पुरुषले नियमित रुपमा अदुवाको सेवन गर्दा लाभ मिल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved