संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

नेपालभ्युज

संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत् दुई दलिय प्रणालीमा लान खोजिएको बताए ।

संघीयता, कर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने उनको भनाइ छ ।

साथै, उनले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षिय र सर्वदलिय रुपमा हुनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved