यूरोको मूल्य घट्दा पाउण्डको बढ्यो 

नेपालभ्युज

यूरोको मूल्य घट्दा पाउण्डको बढ्यो 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्डको मूल्य बढेको छ भने यूरोको मूल्य केही घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९० पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved