एकीकृत समाजवादीले २ सय ६ केन्द्रीय सदस्य मनोनित गर्दै, यसैसाता कार्यसमितिलाई पूर्णता दिने

नेपालभ्युज

एकीकृत समाजवादीले २ सय ६ केन्द्रीय सदस्य मनोनित गर्दै, यसैसाता कार्यसमितिलाई पूर्णता दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यहि साता भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ ।

भूगोल र क्षेत्रको सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका आधारमा २०६ केन्द्रीय सदस्य थप गरेर कमिटीलाई पूर्णता दिने तयारी भएको हो ।

विधानले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरेको छ ।

महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरिसकेको छ ।

सोही अनुरुप अहिले पार्टीमा २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । सोही रिक्त पदमा यहि साता भित्रमा पूर्ति गर्ने नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

प्रत्येक जिल्लाबाट कम्तीमा एकजनाको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ ।

सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने छ ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि र मापदण्ड बनाएर नेताहरुको जिम्मेवारी तोकिने समाजवादीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved