शरीरमा सोडियमको कमी हुँदा देखिने मुख्य लक्षण

नेपालभ्युज

शरीरमा सोडियमको कमी हुँदा देखिने मुख्य लक्षण

एजेन्सी । शरीर स्वस्थ राख्न सोडियम एउटा जरुरी पोषक तत्व हो । यसको कमीले विभिन्न समस्या सामना गर्नुपर्ने हुन सक्छ । शरीरमा सोडियमको कमी हुँदा देखिने लक्षणबारे जानौं-

सोडियम मांसपेशीको विकास गर्न तथा रक्तचाप नियन्त्रित राख्न सहयोगी हुन्छ । शरीरमा यसको कमी हुँदा तपाईंले कयौं समस्या भोग्नुपर्ने हुन्छ ।

शरीरमा सोडियमको कमी हुँदा तपाईंलाई कमजोरी महसुस हुन थाल्छ । सोडियमले शरीरमा पानी तथा अन्य पदार्थलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसको कमी हुँदा तपाईंलाई थकान र कमजोरी महसुस हुन सक्छ ।

शरीरमा सोडियमको कमी हुँदा टाउको धेरै दुख्न सक्छ । सोडियमले दिमागलाई पनि ऊर्जावान् राख्न सहयोग गर्छ ।

शरीरमा सोडियमको मात्रा कम हुँदा वान्ता र वाकवाकीको समस्या हुन थाल्छ । सोडियमले शरीरमा इलेक्ट्रोलाइट बढाउन सहयोग गर्छ । यस्तोमा यसको कमी हुँदा तपाईंलाई वान्ता आउने समस्या देखिन सक्छ ।

सोडियमको कमी हुँदा शरीरमा झनझनाहट महसुस हुन थाल्छ । साथमा यसले गर्दा मांसपेशीमा ऐंठन पनि महसुस हुन्छ ।

शरीरमा सोडियमको मात्रा बढाउन राम्रो खानपान तथा दैनिक कसरत गर्नुपर्दछ । साथमा हरेक दिन पाँच ग्राम नुन सेवन गर्दा सोडियमको मात्रा सन्तुलित बनिरहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved