युरो र पाउण्ड बढ्दा डलरको मूल्य स्थिर

नेपालभ्युज

युरो र पाउण्ड बढ्दा डलरको मूल्य स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो र पाउण्डको विनिमय दर बढेको छ भने अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । यूरो एकको खरिद दर १४४ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १७१ रुपैयाँ ५० पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved