मनिषा भन्छिन् – नायकको धेरै केटीसँग सम्बन्ध हुँदा माचो भनिन्थ्यो तर, नायिकालाई गोप्य राख्न भनिन्थो

नेपालभ्युज

मनिषा भन्छिन् – नायकको धेरै केटीसँग सम्बन्ध हुँदा माचो भनिन्थ्यो तर, नायिकालाई गोप्य राख्न भनिन्थो

काठमाडौं । अभिनेत्री मनिषा कोइराला सञ्जय लीला भन्सालीको सिरिज हीरामन्डीमा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । हालै नायिकाले आफ्नो करियरको सुरुवाती दिनको बारेमा कुरा गरेकी छिन् ।

त्यतिबेला नायक–नायिकाका लागि फरक–फरक नियम हुने गरेको अभिनेत्रीको भनाइ छ ।

कोइराला भन्छिन्, ‘यदि नायकको धेरै केटीहरूसँग सम्बन्ध थियो भने, उसलाई माचो भनिन्थ्यो तर, नायिकाहरूलाई उनीहरूको सम्बन्ध गोप्य राख्न भनिन्थो । अभिनेत्रीले रक्सी पिउने विषयलाई लुकाएर राख्नुपर्ने भन्दै मानिसहरूले यो अभिनेत्रीलाई सुहाउँदैन भन्ने पनि सुनेको उनी बताउँछिन् ।

कोइरालाले हालै फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा भनिन्, ‘फिल्म सौदागरको छायांकनका क्रममा म कोक मिसाएर भोड्का पिइरहेको थिएँ । यसैबीच म रक्सी पिउँदैछु भनेर कसैलाई नभन्नु किनभने यो अभिनेत्रीलाई सुहाउँदैन भन्ने कुरा मलाई वरपरका केही व्यक्तिले भने । म कोक मात्र पिउँदै छु भनेर सबैलाई बताउन भनियो । त्यो दिन मैले यो नयाँ कुरा सिके।’

अभिनेत्रीले थप भनिन्, ‘मैले यो कुरा मेरी आमालाई भनेकी थिएँ । मैले कोक पिउँदै छु भनेँ म के पिउँदै छु भन्ने थाहा भए पनि ।’

आफूलाई कुनै पनि सम्बन्ध लुकाउन मन नलागेको भएपनि मानिसहरुले आफ्नो सम्बन्ध गोप्य राख्न सुझाव दिने गरेको पनि उनले बताइन् । उनले भनिन्, ‘यदि म कसैलाई डेट गर्दैछु भने म डेट गर्दैछु । यदि तपाईं मलाई यसमा न्याय गर्न चाहनुहुन्छ भने, अवश्य पनि अगाडि बढ्नुहोस् र न्याय गर्नुहोस् । म यस्तै छु, आफ्नो इच्छा अनुसार जिउने छु ।’

अभिनेत्रीले भनेकी छिन्, ‘त्यतिबेला नायकको धेरै गर्लफ्रेन्ड हुनसक्ने भएकाले निकै आलोचना पनि भोग्नुपरेको थियो र उनलाई माचो भनिन्थ्यो ।’

यसप्रति आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘मेरो ब्वायफ्रेन्ड छ, यसको मतलब म जीवनमा अनप्रोफेशनल छु भन्ने होइन । त्यतिबेला अभिनेत्रीहरूका लागि धेरै जटिल मापदण्डहरू थिए, जुन मसँग ठीक थिएन।’

कोइराला हीरामन्डी- २ मा पनि देखिने भएकी छिन् ।

कोइरालाले सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म सौदागरबाट अभिनयमा डेब्यु गरेकी थिइन् । यसपछि उनले गुप्त, दिल से, अकेले हम अकेले तुम जस्ता फिल्ममा काम गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved