झरी झरेको-झर्‍यै, विमानस्थल प्रतीक्षालयमा यात्रुको घुइँचो (तस्वीरहरू)

नेपालभ्युज

झरी झरेको-झर्‍यै, विमानस्थल प्रतीक्षालयमा यात्रुको घुइँचो (तस्वीरहरू)

काठमाडौं । लगातारको झरीका कारण बाक्लो कुहिरो र हुस्सु लागेपछि अधिकांश आन्तरिक उडान स्थगित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्तरिकतर्फका बिराटनगर, भैरहवा, झापा भरतपुरका उडानहरू प्रभावित भएका छन् । माउन्टेन फ्लाइटसमेत हुन सकेको छैन ।

उडान हुन नसकेपछि विभिन्न ठाउँ जानका लागि विमानस्थल पुगेका यात्रहरूको प्रतीक्षालयमा भीड लागेको छ ।

उडान पुन: कतिबेला सुचारु हुन्छ भन्नेबारे अन्योल रहेको विमानस्थलले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved