विवाहमा राखिएको बाचा अझै पूरा गर्दै शर्मिला टैगोर

नेपालभ्युज

विवाहमा राखिएको बाचा अझै पूरा गर्दै शर्मिला टैगोर

एजेन्सी । भारतीय फिल्म उद्योगकी पुरानी अभिनेत्री शर्मिला टैगोरले पटौदी परिवारका नवाब तथा क्रिकेटर मंसूर अली खानसँग प्रेम विवाह गरेकी थिइन् । उनीहरुले एकअर्कालाई कोलकाताको एक क्रिकेट पार्टीमा भेटेका थिए ।

त्यतिबेला शर्मिला टैगोर क्रिकेट हेर्न एकदमै मन पराउँथिन् । उनीहरुको पहिलो भेट नै प्रेममा परिणत भएको थियो । त्यसपछि उनीहरुले विवाह गरे । मुस्मिल रीतअनुसारको निकाहमा एउटा अनौठो बाचा पनि राखिएको थियो ।

शर्मिलाले हालै दिएको एक अन्तरवार्तामा वर्षौंपछि यसको रहस्य खोलेकी छन् । उनले भनिन्, “मेरो निकाहनामाको हिस्सा थियो कि मैले कहिल्यै क्रिकेटको बारेमा कुनै पनि कुरा गर्न पाउँदिन ।”

उनले ठट्यौली तरिकाले भनिन् कि उनले क्रिकेटमाथि कहिल्यै बहस गर्न सक्दिनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved