डेंगु ज्वरोमा फाइदा गर्ने फलफूल

नेपालभ्युज

डेंगु ज्वरोमा फाइदा गर्ने फलफूल

एजेन्सी । वर्षात्‌को मौसममा डेंगु संक्रमण बढ्ने गर्छ । डेंगु ज्वरो आउँदा शरीरमा प्लेटलेट्स तीव्र गतिमा घट्न थाल्छ, जसका कारण शरीरमा कमजोरी तथा वान्ता हुने जस्ता समस्या आउँछ ।

चिकित्सकका अनुसार यस्तोमा प्लेटलेट्स बढाउन केही फलफूलको सेवन गर्न सकिन्छ ।

सुन्तला

डेंगु भएको अवस्थामा सुन्तलाको सेवन गर्नु फाइदाजनक हुन्छ । यसमा हुने भिटामिन सीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ साथमा सुन्तला खाँदा शरीरमा ऊर्जाको सञ्चार हुन्छ ।

मेवा

डेंगु ज्वरो कम गर्न मेवाको सेवन पनि फाइदाजनक हुन्छ । मेवाले प्लेटलेट्स बढाउन सहयोग गर्छ । साथमा यो नियमित खाँदा रोग छिटो निको हुन सक्छ ।

स्याउ

स्याउमा हुने भिटामिन ए र एन्टीअक्सीडेन्ट्स गुणले डेंगुको ज्वरो आएको अवस्थामा शरीरमा ऊर्जा दिने काम गर्छ । साथमा यसले तनाव कम गराउँछ ।

अमला

डेंगुको असर कम गर्न नियमित रुपमा अमलाको सेवन गर्न सकिन्छ । अमलामा भिटामिन ए, सी र एन्टीअक्सीडेन्ट्स गुण पाइन्छन्, जसले शरीर स्वस्थ राख्न सहयोग गर्छ ।

अनार

अनारमा पोलीफेनोलिक फ्लेवोनोइड्स र आइरन जस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरको इम्यूनिटी सिस्टमलाई बलियो बनाउँछन् । त्यसैले अनार खाँदा डेंगुमा पनि फाइदा गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved