नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज सकिदै, अन्य पदमा पनि सर्वसम्मती गरिने

नेपालभ्युज

नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज सकिदै, अन्य पदमा पनि सर्वसम्मती गरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज सकिदैछ ।

अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गर्दै महाधिवेशन आज समापन हुने भएको हो ।

नेता राममणि पोख्रेलका अनुसार दिउँसो ३ बजेसम्ममा अन्य पदाधीकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिने तयारी भएको छ ।

बिहीबार पार्टीका सम्मानित नेता झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि निवर्तमान सचिवालयले सहमतिमै टुंग्याउने प्रस्ताव गरेका थिए ।

खनालको प्रस्तावलाई हलले सर्वसम्मतले अनुमोदन गरेको छ । समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान छ ।

महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मतले चयन गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved