काठमाडौं । बेलायतको आम निर्वाचनमा लेबर पार्टीले झण्डै दुई तिहाइ बहुमत ल्याउने देखिएको छ ।
पछिल्लो परिणाम अनुसार लेबरले १ सय ११ सिट जित्दा कन्जरभेटिभले जम्मा १५ सिट जितेको छ । प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीको लज्जास्पद हार हुने देखिएको छ ।
एक्जिट पोलको सर्वेक्षणले लेवर पार्टीले ४ सय १० सिट जित्ने देखाएको छ । सर्वेक्षणले कन्जरभेटिभको १ सय ३१ सिट आउने आकलन गरेको छ ।
आफ्नो पार्टी जित तर्फ अघि बढिरहदा लेबर पार्टीका नेता सर किएर स्टार्मरले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका छन् ।
नेता स्टार्मरले जनताको सेवा गर्न मतदाताले आफ्नो पार्टी रोजेको भन्दै धन्यवाद व्यक्त गरेका हुन् । १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किन लागेको हो ।
को हुन् किएर स्टार्मर ?
६१ वर्षिय सर किएर स्टार्मर लेबर पार्टीका नेता हुन् । उनी सन् २०२० मा पार्टीको नेतामा चुनिएका थिए ।
यसअघि लेबर पार्टीको नेता जर्मी कोर्बिन थिए । स्टार्मर पेशाले वकिल हुन् । उनी पहिलो पटक सन् २०१५ मा सांसदमा निर्वाचित भएका थिए ।

Facebook Comment
Comment