काठमाडौं । सर्वाेच्च अदालतमा उप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।
न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।
अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए । प्रधान र सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए ।
रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा उत्प्रेषणको आदेश माग गरिएको छ ।
रविविरुद्ध कास्की प्रहरीमा पुरक जाहेरी परे पनि महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै त्यसको खारेजी र रविलाई पदमुक्त गर्नुपर्ने रिट निवेदकको माग छ ।
उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ ।
Facebook Comment
Comment