अपडेट : कैलालीमा बाढीले धेरै बस्ती डुबायो, भजनी नगरपालिका जलमग्न

नेपालभ्युज

अपडेट : कैलालीमा बाढीले धेरै बस्ती डुबायो, भजनी नगरपालिका जलमग्न

कैलाली । कैलालीमा कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ ।
घरहर डुबानमा परेपछि भजनीवासीको बिचल्ली भएको छ ।

भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।
बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए ।

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्वारमासमेत समस्या हुने गरेको छ ।

भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । बाढी घरमा पसेपछि स्थानीय सडकमा बसेका छन् ।
यस्तै लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् ।

यसैगरी लगातारको वर्षापछि कैलारी गाउँपालिका–७ रामपुरमा बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ । रामपुरमा तीन दर्जन बढी घरमा पानी पसेको छ ।
कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको ज्यान गएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved