कैलालीमा बाढीको बितण्डा, भजनीका अधिकांश वडा डुबानमा एक जनाको मृत्यु

नेपालभ्युज

कैलालीमा बाढीको बितण्डा, भजनीका  अधिकांश वडा डुबानमा एक जनाको मृत्यु

काठमाडौं । कैलालीको कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिका जलमग्न भएको छ ।

बाढीले घर डुबाएपछि स्थानीयको बिजोग भएको छ ।

भजनीका अधिकांश वडा बाढीले जलमग्न भएका छन् । बस्तीमा बाढी पसेपछि तीन हजार भन्दा बढी घर डुबानमा परेको नगर प्रमुख केवल चौधरीले जानकारी दिए ।

घर डुबानमा परेका सर्वसाधारण आफन्तको घर र सुरक्षित स्थानमा आश्रय लिन थालेका छन् । डुबान क्षेत्रका केही परिवार भने ओभानो ठाँउ खोज्दै वनमा समेत पुगेका छन् ।

बाढीले हजारौ मानिस प्रभावित भएकाले सबैलाई आश्रय दिन समस्या भएको नगरपालिकाले जनाएको छ । भजनीमा वर्षेनी बाढीले दुख दिने गरेको छ ।

मोहना, पथरैया, कन्द्रा र काढा नदीले भजनी नगरपालिकालाई हरेक वर्षा याममा डुबाउने गरेको हो ।

बढीले जोशीपुर गाउँपालिका ३ भितरियामा दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।

बाढीको सतह बढ्दै गएपछि मानिसहरु सडकमा निस्केका छन् ।

यसैबीच, कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ ।

२० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । काठेपुल तर्ने क्रममा चौधरीलाई बाढीले बगाएको थियोे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved