एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने, प्रचण्डलाई समर्थन कायमै

नेपालभ्युज

एकीकृत समाजवादीका मन्त्रीले राजीनामा नदिने, प्रचण्डलाई समर्थन कायमै

काठमाडौं । नेकपा एकीकृत समाजवादी तत्काल सरकारबाट नबाहिरिने भएको छ ।

नयाँ सत्ता समिकरण बनेपछि सरकारमा सहभागी अन्य दलहरु बाहिरिएपनि समाजवादीका मन्त्रीले भने तत्काल राजिनामा नदिने भएका हुन् ।

प्रचण्ड सरकारमा समाजवादीका दुई मन्त्री छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने बरु विश्वासको मतका लागि प्रयास गर्ने बताएपछि समाजवादीका मन्त्रीले सरकारलाई साथ दिने भएका हुन् ।

समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीप्रति अझै विश्वासको मत कायमै रहेकाले पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए ।

प्रचण्ड सरकारका एमाले मन्त्रीहरुले हिजै सामूहिक राजीनामा दिइसकेका छन् भने रास्वपाले आज राजीनामा दिने बताएको छ ।

उपेन्द्र यादवसँग छुट्टिएर बनेको जसपाका मन्त्रीले पनि राजीनामा दिएका छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved