महिला भलिबल टोली घोषणा

नेपालभ्युज

महिला भलिबल टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने टोली घोषणा गरेको छ । टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी गरी १२ सदस्य छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

टोलीमा बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । यस्तै लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट तथा सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना र गण्डकीबाट आशिका क्षेत्री टोलीमा समेटिएका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुनमगर रहेका छन् । प्रतियोगिता यही असार ३१ गतेदेखि साउन ९ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved