स्वर्णिम वाग्लेले भने- महामन्त्रीको व्यवहार असहज, अस्वाभाविक र अप्राकृतिक

नेपालभ्युज

स्वर्णिम वाग्लेले भने- महामन्त्रीको व्यवहार असहज, अस्वाभाविक र अप्राकृतिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी महामन्त्री डा. मुकुल ढकालले बुधबारको केन्द्रीय समिति बैठकमा असहज, अस्वाभाविक र अप्राकृतिक गतिविधि देखाएको आरोप लगाएका छन् ।

केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति वाग्लेले महामन्त्री डा. ढकालको  व्यवहारबारे अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने निर्णय भएको पनि जानकारी दिए ।

वाग्लेले भने,’अलि असहज, अलि अस्वाभाविक, अलिअलि अप्राकृतिक जस्तो पनि भएको छ। राजनीतिक पार्टीको जीवनमा यस्तो उतारचढाव आउँदो रहेछ। यसलाई अतिरञ्जित ढंगले बाहिर प्रेषित भइरहेको छ ।’

महामन्त्री ढकालको आजको व्यवहारप्रति पार्टी अनुशासन आकर्षित हुने कि नहुने भनेर शतप्रतिशत सदस्यहरूले प्रश्न उठाएको  तर सभापति रवी लामिछानेले आजै कारबाहीको विषय बनाउने भन्दा पनि अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने बताएको उनले बताए ।

यता महामन्त्री ढकालले भने रास्वपाको अनुशासन आयोगले सोधेको स्पष्टीकरण  को जबाफ नदिने अडान राख्दै अनुशासन आयोग महामन्त्रीको निर्देशन पालना गर्ने निकाय भएकाले स्पष्टीकरण सोध्न नसक्ने बताउँदै आएका छन्।

महामन्त्री ढकाललाई बोल्न नदिएको भन्ने ढंगले बाहिर सूचना सम्प्रेषण भइरहेको प्रति  चिन्ता व्यक्त गर्दे उपसभापति वाग्लेले भने, ‘बाहिर रवि लामिछानेलाई गाली गरिँदैछ, लोकतान्त्रिक भएन भनेर भाष्य बनाइएको छ, त्यो सही होइन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved