भक्तजनबीच बाबाको खुट्टाको धुलो लिन भागदौड, मृत्यु हुनेको संख्या १२२ पुग्यो

नेपालभ्युज

भक्तजनबीच बाबाको खुट्टाको धुलो लिन भागदौड, मृत्यु हुनेको संख्या १२२ पुग्यो

काठमाडौं । भारतको उत्तर प्रदेशको हाथरसस्थित सिकन्दराउ सहर नजिकै सत्संग कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । धेरै मानिस अझै बेपत्ता छन् ।

समाचार एजेन्सी पीटीआईले प्रशासनलाई उद्धृत गर्दै १२२ मृतकको सूची जारी गरेको छ।

मृत्यु हुनेमा ठूलो संख्यामा नारायण साकारको सत्संगमा आएका महिला छन् ।

घटनास्थल अलिगढलाई एटाह जोड्ने राष्ट्रिय राजमार्ग ३४ मा रहेको सिकन्दराउ शहरबाट करिब चार किलोमिटर टाढा फुलराई गाउँमा रहेको छ ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि भक्तजनहरुबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड भएको थियो ।

नारायण साकार उत्तर प्रदेश प्रहरीका पूर्व कर्मचारी हुन् र उनको नाम सुरज पाल हो । उनले स्थानीय गुप्तचर इकाईमा १८ वर्ष काम गरेका छन् ।

उनले सन् १९९० मा स्वेच्छिक अवकाश लिए, जब उनी एटामा तैनाथ भए र नारायण साकार हरि उर्फको रूपमा काम गर्न थाले ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved