नुनको मूल्य बढ्यो

नेपालभ्युज

नुनको मूल्य  बढ्यो

काठमाडौं । ४ रुपैयाँ प्रतिकिलोका दरले नुनको मूल्य बढेको छ । मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने   निर्णय गरेको हो । साल्ट ट्रेडिङका अनुसार  बढेको नुनको मूल्य मंगलबार मध्यरातिदेखि लागू हुनेछ ।

नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनको मूल्य अब २६ रुपैयाँ  पुगेको छ ।  यसअघि  १६ रुपैयाँ रहेको न्यु शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँमा पुगेको छ ।

आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ ।  भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुनको मूल्य भने यथावत् प्रतिकिलो ९ रुपैयाँनै कायम भएको साल्ट ट्रेडिङले जनाएको छ ।

नुनको मूल्य समायोजनका लागि प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गरिएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved