काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नजाने भएका छन् । अतिथिका लागि ओलीलाई पनि निम्ता पठाए पनि उनी आफू नगएर अरूलाई पठाउने भएका हुन् ।
आफ्नो दल एमालेबाट छुट्टिएर गएकाले नेकपा एसको अस्तित्वलाई ओलीले अझै स्विकारेका छैनन् । एमालेको महाधिवेशनमा पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पूर्वप्रधान्त्री मात्र भन्दै सम्बोधन गरेर पत्र पठाइएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नभएको भन्दै नेता नेपाल एमाले महाधिवेशनमा गएनन् ।
अहिले एकीकृत समाजवादी राष्ट्रिय पार्टी समेत नरहेको दलको महाधिवेशनमा एमाले अध्यक्ष जाने कुरा नहुने केही नेताले सुझाव दिएका छन् ।
नेकपा एसका दस्ताबेजमा एमालेलाई प्रमुख दुष्मनको रुपमा चित्रण गरेर ओलीमाथि आक्रमण गरिएको छ ।
माधव नेपालले एक दिन अघिसम्म पनि एमाले फुटाएर ऐतिहासिक काम गरियो भनिरहेकाले त्यस्तो दलको अतिथि बन्न नसकिने उक्त दलका नेताहरु बताउँछन् ।
Facebook Comment
Comment