मेलम्ची नदीमा महिलाको शव फेला

नेपालभ्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले जानकारी दिइन् ।

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । शव परीक्षणका लागि काठमाडाैँ पठाइएको तिमिल्सेनाले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved