काठमाडौं । एसीसी महिला एसिया कप २०२४ का लागि नेपाली महिला टोली घोषणा भएको छ । श्रीलंकाको दाम्बुल्लामा आगामी जुलाईमा हुने एसिया कपका लागि १५ सदस्सिय टोली घोषणा भएको हो ।
बन्द प्रशिक्षणमा रहेका २० मध्ये ५ खेलाडी बाहिर भएका छन् । बाहिर हुनेमा तीव्र गतिकी बलर अश्मिना कर्माचार्य, विकेटकिपर रुवि पोदार सहित एलिशा खडिया, अप्सरी बेगम र लक्ष्मी साउद रहेका छन् ।
अलराउण्डर राजमती ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेकी छन् । यस्तै बाँया हाते स्पिनर क्रितिका मरासिनीले टोलीमा पुनरागमन गरेकी छन् ।
नेपाली टोली:
इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो ।
Facebook Comment
Comment