भारतले अस्ट्रेलियालाई दियो २ सय ६ रनको लक्ष्य

नेपालभ्युज

भारतले अस्ट्रेलियालाई दियो २ सय ६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपअन्तर्गत सुपर ८ को खेलमा भारतले अस्ट्रेलियालाई २ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनायो ।

रोहितले  ७ चौका र ८ छक्कासहित  ९२ रन जोडे ।  सूर्यकुमार  यादवले १६ बलमा ३१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।

शिवम दुवेले २२ बलमा  २ चौका र १ छक्कासहित २८ रनको योगदान दिए ।  हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४५ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले पनि २ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved