चिकित्सा शिक्षा आयोगका चार निर्देशकले सम्हाले कार्यभार

नेपालभ्युज

चिकित्सा शिक्षा आयोगका चार निर्देशकले सम्हाले कार्यभार

काठमाडौं । चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन् । प्रा.डा सुदीप आचार्य, प्रा.डा गुरु खनाल, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा सरला श्रेष्ठले सोमबार नियुक्ति पत्र बुझ्दै कार्यभार सम्हालेका हुन् ।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त भएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए ।

समितिले २०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम सर्ट लिस्टमा परेको थियो । त्यसमध्ये समितिले चार जनाको नाम सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved