काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा झिनो अंकको वृद्धि भएको छ । आज सेयर बजार परिसूचक ३ दशमलव २१ अंकले बढेर २०६६ दशमलव १६ को विन्दुमा पुगेको छ ।
आज ३२२ कम्पनीका ६६ हजार ५ सय १९ पटकको कारोबारमा १ करोड ७ लाख ७ हजार ८ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ० दशमलव ३९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव २४ अंकले बढेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २५ अंकले बढेको छ ।
१३ उपसमूहमध्ये ६ वटा बढेको छ भने ७ वटा घटेको छ । जसमा विकास बैंक र माइक्रोफाइनान्स धेरै बढेका छन् भने जीवन बीमा र निर्माण कम्पनी दोहोरो अंकले घटेका छन् । आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वाधिक कारोबार गरेको छ ।
यस दिन नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा आएर कारोबार भएको छ ।
Facebook Comment
Comment