मिर्गौलामा समस्या हुँदा रातमा यस्ता संकेत देखिन सक्छ

नेपालभ्युज

मिर्गौलामा समस्या हुँदा रातमा यस्ता संकेत देखिन सक्छ

एजेन्सी । मिर्गौला हाम्रो शरीरको एउटा प्रमुख अंग हो । यसले शरीरमा भएको फोहोर बाहिर निकाल्ने काम गर्छ । मिर्गौलामा समस्या हुँदा रातको समयमा केही संकेत देखिन्छन् ।

यस्तै संकेतका बारेमा जानौं–

  • मिर्गौला कमजोर भएपछि रातको समयमा पटक पटक पिसाब आउन थाल्छ । यसको फिल्टर ड्यामेज भएपछि पटक-पटक पिसाब लाग्ने समस्या हुन्छ ।
  • मिर्गौला ड्यामेज भयो भने शरीर सुन्निने समस्या हुन्छ । यसको कारण घुँडा, हातखुट्टा र आँखाको वरिपरि सुन्निएको देख्न सकिन्छ ।
  • रातको समयमा शरीरमा थकान र कमजोरी महसुस हुनु पनि मिर्गौलामा समस्या भएको लक्षण हो । यसले गर्दा निद्रा पूरा हुँदा पनि थकान महसुस भइरहन्छ ।
  • मिर्गौला कमजोर हुँदा छालासँग जोडिएका विभिन्न समस्या हुन थाल्छन् । यसले छाला एकदमै सुख्खा हुनुका साथै एकदमै चिलाउने पनि हुन सक्छ ।
  • भोक नलाग्नु पनि मिर्गौला ड्यामेज भएको प्रमुख संकेत हो । यस कारणले तपाईंको पेट भरिएको महसुस हुन्छ । साथमा यस क्रममा वान्ता आउने वाकवाक हुने समस्या पनि हुन सक्छ ।

यस्ता खालका विभिन्न समस्या तथा संकेत देखिएका छन् भने डाक्टरसँग सल्लाह लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved