संसद्‌का कर्मचारीको माग वार्ताबाट अविलम्ब समाधान गर्नुपर्छः ओली

नेपालभ्युज

संसद्‌का कर्मचारीको माग वार्ताबाट अविलम्ब समाधान गर्नुपर्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्ब सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने बताए ।

संघीय संसद सचिवालयका कर्मचारीहरु केही दिनयता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भवन परिसरमै विरोध जनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved