काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न महाधिवेशनमा साझा दस्तावेज लैजाने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको हो ।
बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने सहमति भएको स्थायी समिति सदस्य आलोक रायमाझीले बताए ।
असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिने रायमाझीले बताए ।
निर्वाचन प्रक्रिया मार्फत छानिएका महाधिवेशन प्रतिनिधिको कुल संख्याको ५ प्रतिशत अर्थात् ९५ जना प्रतिनिधिचाही क्षेत्र, भूगोल, समावेशी ढङ्गले सन्तुलन मिलाएर विवादरहित तरिकाले मनोनयन गर्ने विषयमा नेताहरुबीच सहमति जुटेको छ ।
आसन्न महाधिवेशनले पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्दै नयाँ नेतृत्व चयन गर्नेछ ।
Facebook Comment
Comment