पोर्चुगल युरो कपको अन्तिम १६ मा, टर्की ३ – ० ले पराजित

नेपालभ्युज

पोर्चुगल युरो कपको अन्तिम १६ मा, टर्की ३ – ० ले पराजित

काठमाडौं । पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा टर्की ३–० ले पराजित भएसँगै पोर्चुगलले लगातार दोस्रो जित हात पारेको हो ।

जितसँगै पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा पुगेको छ ।

समूह एफमा रहेको पोर्चुगलले २ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । हारका बावजुद टर्कीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

टर्कीको दुई खेलबाट ३ अंक छ । यो समूहको जर्जिया र चेक रिपब्लिकको समान एक अंक छ ।

गएराति भएकै अर्को खेलमा जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved