बंगलादेशलाई भारतले दियो १९७ रनको चुनौती

नेपालभ्युज

बंगलादेशलाई भारतले दियो १९७ रनको चुनौती

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा भारतले बंगलादेशलाई १९७ रनको लक्ष्य दिएको छ ।

सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनायाे ।

भारतका लागि हार्दिक पाण्ड्याले  २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन बनाए ।

विराट कोहलीले २८ बलमा एक चौका र तीन छक्कसहित ३७ रन बनाए । कप्तान रोहित शर्माले २३ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै रिसब पन्तले ३६, शिभव दुबेले ३४ रन बनाउँदा सुर्यकुमार यादव ६ रनमा आउट भएका थिए  ।

बंगलादेशका लागि रिशाद हुसेन र तन्जिम हसन साकिबले  दुई/दुई विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved