दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर घाइते

नेपालभ्युज

दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर घाइते

झापा । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

झापाको मेचीनगर नगरपालिका १५ मा शनिबार बिहान प्रदेश १-०१औ०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मेचीनगर १० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

मोटरसाइकलमा ३ जना सवार थिए । दुईजना गम्भीर घाइतेको उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved