गृहमन्त्री लामिछानेको दाबी : रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ

नेपालभ्युज

गृहमन्त्री लामिछानेको दाबी : रास्वपाले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने ग्यारेन्टी दिनसक्छौँ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूहरूले चलाएको मन्त्रालयमा भ्रष्टाचार हुँदैन भन्ने कुराको ग्यारेन्टी दिनसक्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उनले शुक्रबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै सो दाबी गरेका हुन् ।

सञ्चारकर्मीहरूमाझ जनताको अपेक्षा पूरा गर्न आफूहरूले पूरै इमान्दारिताका साथ कोशिस गरिरहेको उनले जिकिर गरे ।

सरकारमा गएको सय दिन जतिभएको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले गज्जवले मन्त्रालयहरू चलाउने आधारहरू बनेको बताए ।

उनले आफ्नो पार्टीलाई पुराना पार्टीजस्तो नहोस् भन्नका लागि आम जनताले घण्टी बजाउने गरेको टिप्पणी पनि गरे ।

यस्तै, लामिछानेले रास्वपा स्थापनाको थोरै अवधिमा धेरै ठूलो जिम्मेवारीमा पुगेको अनुभूति भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved