भारतको राजदूत नियुक्त हुँदै लोकदर्शन रेग्मी

नेपालभ्युज

भारतको राजदूत नियुक्त हुँदै लोकदर्शन रेग्मी

काठमाडौं । पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी भारतका लागि नेपाली राजदूत नियुक्त हुने भएका छन् ।

उनी प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) को सिफारिसमा भारतको राजदूत नियुक्त हुन लागेका हुन् ।

बैठकले अन्य १० देशका लागि पनि राजदूत सिफारिस गर्नेछ । कूल ११ मध्ये ९ देशमा एमालेको र दुई अर्को सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा राजदूत नियुक्त गर्न लागिएको हो ।

रेग्मी पूर्वमुख्यसचिव हुन् । उनी २०७४ साल कात्तिक ६ गते मुख्यसचिव नियुक्त भएका थिए ।

उनी बेलायतका लागि नेपाली पूर्वराजदूतसमेत हुन् । उनी २०७७ माघ ५ गते बेलायतका लागि राजदूत नियुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved