काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले आरुष लाइफस्टाइल हस्पिटलमा तीस प्रतिशतसम्म छुट पाउने भएका छन् ।
शुक्रबार दुईबीच समझदारी गर्दै बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० ग्राहक नथा कर्मचारीहरूले ३० प्रतिशतसम्म छुट पाउने भएको हो ।
उक्त समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलीप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटल प्रालिका प्रमुख कार्यकारी अधिकृत डा.सन्तोष शाक्यले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरूले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाईट, ठिमी चारदोबाटो (शंखधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बर्गाछि विराटनगरस्थित शाखा कार्यालयहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।
Facebook Comment
Comment