काठमाडौं । अहिलेको जमानामा मानिसहरू आफ्नो अधिकांश समय सामाजिक सञ्जालमा बिताउँछन् । धेरै पटक हामी त्यहाँ साझा भएको विषयमा अन्धाधुन्ध विश्वास गर्छौं ।
तर, कुनै बेलामा त्यो साझा गरिएका विषय निकै चर्चा हुने गरेको छ । हालैमात्र भारतीय टिमका फास्ट बलर मोहम्मद शमी र पूर्व टेनिस स्टार सानिया मिर्जाले विवाह गरेको भनिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तस्वीरमा शमीले शेरवानी लगाएको देखिन्छ भने मिर्जा दुलहीको पहिरनमा देखिन्छिन् । हालै फेसबुकमा एक पोस्टमा एक प्रयोगकर्ताले शमी र मिर्जाले विवाह गरेको दाबी गरेका छन् । बधाई दिँदै उनले दुलहा र दुलहीको फोटो पनि सेयर गरेका छन् ।
यो पहिलो पटक भएको होइन । यसअघि पनि शमी र मिर्जाका यस्ता तस्वीर सेयर भएका थिए ।
भाइरल भएको फोटो पूरै फेक होइन । दुलहीको रूपमा सानिया मिर्जाको तस्बिर सही छ तर, शमीको तस्वीर नक्कली हो ।
वास्तवमा यो तस्वीर मिर्जा र उनका पूर्वपति शोएब मलिकको हो, जसमा मलिकको ठाउँमा शमीको अनुहार फोटोशप गरिएको छ । उक्त तस्वीरको सक्कली प्रति चाँही मिर्जा र मलिकको विवाहको हो । उनीहरूको केहि समयअघि सम्बन्धविच्छेद गरेका थिए । मलिकले अर्को विवाह गरिसकेका छन् ।
हाल मिर्जा हजका लागि साउदी अरेबियामा छिन् ।
तर, रोचक कुरा यो हो की मिर्जा र शमी दुवै सम्बन्धविच्छेद पछि एक्लै छन् । सोहीकारण पनि उनीहरूको विवाहका चर्चा चल्ने गरेको छ ।
Facebook Comment
Comment