भारतीय क्रिकेट टोलीको घरेलु खेलको घोषणा, यी तीन देशसँग खेल्ने

नेपालभ्युज

भारतीय क्रिकेट टोलीको घरेलु खेलको घोषणा, यी तीन देशसँग खेल्ने

काठमाडौं । बीसीसीआईले सन् २०२४–२०२५ सिजनका लागि भारतीय क्रिकेट टोलीको घरेलु खेलको घोषणा गरेको छ ।

भारतको घरेलु खेल सन् २०२४ सेप्टेम्बरमा बंगलादेशसँग दुई टेस्टको शृंखलाबाट सुरु हुनेछ ।

पहिलो खेल सेप्टेम्बर १९ मा चेन्नई र दोस्रो खेल सेप्टेम्बर २७ मा कानपुरमा सुरू हुनेछ । साथै, तीन टी–२० खेल पनि खेल्नेछ । जुन धर्मशाला, दिल्ली र हैदराबादमा हुनेछ ।

त्यसपछि भारतले न्युजिल्यान्डसँग तीन टेष्ट म्याचको सिरिज खेल्नेछ । पहिलो खेल १६ अक्टोबरमा बैंगलोर, दोस्रो पुनेमा र तेस्रो मुम्बईमा हुनेछ ।

भारतले सन् २०२५ को सुरूवात इंग्ल्याण्डसँग टी–२० र एकदिवसीय खेलबाट गर्नेछ । भारतले इंग्ल्याण्डसँग पाँच टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ ।

भारतीय क्रिकेट टोली अहिले वेस्ट इन्डिजमा टी–२० विश्वकप खेलिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved