त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्लोबल आइएमईको नयाँ एटिएम 

नेपालभ्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्लोबल आइएमईको नयाँ एटिएम 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम सङ्ख्या ३८४ पुगेको छ । यसै गरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटिएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटिएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved