शरीरमा भिटामिन बी-१२ को कमीले के समस्या हुन्छ ? बढाउन के खाने ?

नेपालभ्युज

शरीरमा भिटामिन बी-१२ को कमीले के समस्या हुन्छ ? बढाउन के खाने ?

एजेन्सी । शरीरलाई स्वस्थ राख्न कयौं पोषक तत्वको आवश्यकता पर्दछ । यी तत्वको कमीले शरीरलाई रोगी बनाउन सक्छ ।

त्यस्तै एउटा भिटामिन हो, बी-१२ । शरीरका सबै प्रकारका कोशिकालाई भिटामिन बी-१२ को आवश्यकता पर्दछ । यसले रक्तकोशिका र ग्लियाल कोशिकालाई स्वस्थ राख्ने काम गर्छ । ग्लियाल सेल्सले नसाको रक्षा गर्छ ।

तपाईंको शरीरले यो पोषक तत्वलाई आफैँ बनाउँदैन बरु यसलाई बाहिरी स्रोतबाट प्राप्त गर्नुपर्दछ ।

भिटामिन बी-१२ को कमीले शरीरका मांसपेशी कमजोर हुन थाल्छन् । हिँडडुल गर्न समस्या हुन्छ, तौल कम हुन्छ, चिडचिडापन, थकान र हृदयको गति तीव्र हुनु जस्ता समस्या देखिन थाल्छन् ।

त्यसैले तपाईंले दैनिक आफ्नो खानपानमा यस्ता खानेकुरा सामेल गर्नुहोस्, जो भिटामिन बी-१२ ले भरपूर हुन्छन् ।

एउटा उसिनेको अन्डामा लगभग ०.६ माइक्रोग्राम बी १२ पाइन्छ । यसले दैनिक आवश्यकताको २५ प्रतिशत पूरा गर्न सक्छ । तर, यसका लागि तपाईंले अन्डाको सबै भाग खानुपर्दछ । बी-१२ अन्डाको भित्री भागमा हुन्छ ।

गाईको दुधमा पनि भिटामिन बी-१२ पर्याप्त मात्रामा हुन्छ । कुखुरा, माछा, र शेलफिसमा पनि धेरै मात्रामा भिटामिन बी-१२ पाइन्छ ।

रातो मासु र खसीको मासुमा पनि भिटामिन बी-१२ प्रशस्त मात्रामा पाइन्छ । तर, तपाईंलाई यो भिटामिनको कमी नै छ भने एकपटक डाक्टरसँग परामर्श अवश्य लिनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved