सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

नेपालभ्युज

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि शुरु हुने भएको छ । खेल मंगलबारबाट शुरु भई शुक्रबार सम्पन्न हुनेछ ।

गोकर्ण गल्फ क्लवमा हुने ७२ होलको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार, उपविजेताले १ लाख ७५ हजार, तेस्रोले १ लाख २२ हजार र चौथोले १ लाख २ हजार र पाँचौं हुनेले ८८ हजार रुपैयाँ पाउनेछन् ।

यसैगरी शिर्ष २१ भित्र रहने गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दुई चरणको समाप्तीपछि कट लागु हुनेछ । जसबाट शिर्ष २१ प्रोफेसनल तथा कट बनाउन एम्योचर गल्फरले अन्तिम ३६ होलमा प्रतिष्पर्धा गर्न पाउने आयोजकले बताएको छ ।

शनिवार प्रो एम च्याम्पियनसिप पनि हुनेछ । जसमा २५ प्रोफेसनर र १०० एम्योचर गल्फरले प्रतिष्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved