बौद्धबाट ६ किलो सुनसहित एकजना पक्राउ

नेपालभ्युज

बौद्धबाट ६ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रबाट तस्करीको ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार राती बौद्धस्थित तीनचुली क्षेत्रबाट एकजनालाई पक्राउ गरेको हो ।

चिनियाँ मूलका जस्ता देखिने ती व्यक्तिको साथबाट सोनाम गुरुङ नामको एउटा नागरिकता पनि फेला परेको सीआईबी प्रवक्तासमेत रहेका एसपी होबिन्द्र बोगटीले बताए ।

नागरिकता नक्कली भएको आशंका छ । अहिले सो सुनको तौल लिने काम भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved