हजका लागि साउदी गएका १४ जनाको अचाक्ली गर्मीका कारण मृत्यु, अन्य १७ जना बेपत्ता

नेपालभ्युज

हजका लागि साउदी गएका १४ जनाको अचाक्ली गर्मीका कारण मृत्यु, अन्य १७ जना बेपत्ता

काठमाडौं । हजका लागि साउदी अरेबिया गएका जोर्डनका १४ जना तिर्थालुको गर्मीका कारण मृत्यु भएको छ । अन्य १७ जना हराइरहेका छन् ।

साउदीमा बढेको अचाक्ली गर्मीका कारण उनीहरुको मृत्यु भएको इण्डिया टुडेले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले कडा ‘हिट वेभ’का कारण १४ जोर्डनी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

गर्मीले उनीहरूको मृत्यु भएको बताइए पनि अन्य के कारण भने खुलेको छैन ।

जोर्डनी अधिकारीहरूले हराएका अन्यको खोजी जारी राखिएको जनाएका छन् । हज गर्ने स्थानको तापक्रम ४६ डिग्री सेल्सियससम्म पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved