एजेन्सी । विशेषगरी गर्मीमा एसीको प्रयोग अत्यधिक हुने गर्छ । तर, कहिलेकाँही एसी पुरानो हुँदै गयो भने त्यसमा आगो लाग्ने तथा अन्य समस्याहरू हुन सक्छ ।
एसीमा आगो लाग्नुका पछाडि केही कारणहरू हुन्छन् । यसमा मुख्य समस्या भनेको लिकेज र समयमा सर्भिस नगर्नु हो । यस्तो समस्या धेरैजसो पुराना एसीहरूमा नै देखिने गर्छ । किनकि जुन वर्ष तपाईं एसी खरिद गर्नुहुन्छ त्यो वर्ष त्यसको सर्भिस वा अन्य कुनै सेवाको आवश्यकता पर्दैन ।
बजारमा पाइने धेरैजसो एसीका कम्प्रेसरहरूमा १० वर्षसम्मको वारेन्टी दिइन्छ । यस्तोमा तपाईं कम्तीमा १० वर्ष एसीलाई प्रयोग गर्न सक्नुहुन्छ । झ्यालमा राखिने एसीलाई तपाईंले सजिलै ८ देखि १० वर्ष प्रयोग गर्न सक्नुहुन्छ । जहाँ स्प्लिट एसीलाई तपाईं १० देखि १५ वर्षसम्म प्रयोग गर्न सक्नुहुन्छ ।
लामो समयसम्म एसीलाई प्रयोग गरिरहँदा तपाईंले केही कुराहरूको ध्यान दिनुपर्ने हुन्छ । यसलाई नियमित रूपमा मर्मत गरिरहनुपर्ने हुन्छ । समय समयमा यसको सरसफाई तथा मर्मत गरिरहनु भयो भने तपाईं लामो समय एसीलाई प्रयोग गर्न सक्नुहुन्छ ।
यदी तपाईंले एसीलाई समयमा सर्भिस गर्नुभएन भने यसमा समस्या देखिने, पड्कीने तथा आगो लाग्ने जस्ता समस्याहरू आउन सक्छन् । जो तपाईं तथा परिवारका लागि पनि जोखिमको अवस्था हुन सक्छ ।
Facebook Comment
Comment