आर्ट काउन्सिलमा ‘सिर्जनाका समवती लहरा’ (तस्वीरहरू)

आर्ट काउन्सिलमा ‘सिर्जनाका समवती लहरा’ (तस्वीरहरू)

काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारदेखि सिर्जना कलेज अफ फाइन आर्टस्‌को आयोजनामा सिर्जना-२०२४ : ब्रेड्स अफ साइमल्ट्‌यानिटी’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ।

कलेजमा अध्यापनरत अध्यापकहरू तथा कलेज संस्थापन पक्षसँग आबद्ध कलाकारहरूको सिर्जनात्मक अन्वेषण र उपलब्धिलाई उजागर गर्नु यो कला प्रदर्शनीको प्राथमिक उद्देश्य रहेको कलेजले बताएको छ।

प्रदर्शनीमा ज्येष्ठदेखि कनिष्ठ पुस्ताको कलाकारहरूका विविध शैली र माध्यमका उम्दा पेन्टिङ, ड्रइङ, प्रिन्ट, फोटोग्राफ, पेपर कट्स, इन्सटलेसन, सेरामिक्स, मूर्ति आदि राखिएको छ।

असार ७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा कलाकारहरु शश्यामलाल श्रेष्ठ, राधेश्याम मुल्मी, शारदामान श्रेष्ठ लगायत २८ जना कलाकारको २०० वटा कलाकृति राखिएको छ।

तस्वीरहरु

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved