सरकार नै भताभुङ्ग होला भन्ने सुन्दैछु : विप्लव

नेपालभ्युज

सरकार नै भताभुङ्ग होला भन्ने सुन्दैछु : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अर्थतन्त्र निर्माणमा सरकार अलमलिएको बताएका छन् ।

जनश्रम कृषि सहकारी संस्था लिमिटेडले आज गरेको गरेको अन्तरसंवादमा चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको दाबी गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटबारे सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भन्दै प्रश्न गरे ।

उनले १२ खर्बको राजश्व र १८ खर्बको बजेटले नेपाली जनताको जीवनलाई समृद्ध तुल्याउन नसक्ने बताए ।

उनले सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताए ।

सरकारमा बसैकै मान्छेमा देखिएको कमजोर आत्मविश्वासले आशा गर्ने ठाँउ नरहेको चन्दको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved