जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गरेका छन् । शुक्रबार जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले लोकतन्त्र समाप्त पार्ने केही अतिवादी शक्ति सक्रिय रहेको र कांग्रेसमाथि चौतर्फी आक्रमण हुन थालेको बताए ।
‘कांग्रेसमाथी चौतर्फी आक्रमण हुन थालेका छ, विभिन्न समयमा पार्टी छाडेर अन्यत्र गएकाहरूलाई म कांग्रेसमा फर्कन आग्रह गर्छु,’ उनले भने,’यतिबेला कांग्रेसको घर कमजोर भएको छ । पार्टी छाड्नुभएका तपाईं साथीहरूको आवश्यकता पर्यो ।’
मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्नेमा उनले जोड दिए ।
आज मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए ।
नेता कोइरालाले गर्दै उनले भने, ‘कसैप्रति भेदभाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ ।’
अहिले राजनीतिक अस्थिरताले देशको समृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।
Facebook Comment
Comment